07/12/2026, 06:01:07
आइतबार, असार २८, २०८३

सर्पको डसाइबाट एक महिलाको मृत्यु


दमक, असार २३ गते । झापाको कमल गाउँपालिका–३ मा भान्सामा खाना पकाउँदै गरेकी ४० वर्षीया सरस्वती मगर लिम्बूको सोमबार साँझ विषालु कोब्रा सर्पको डसाइबाट मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सर्पले डसेलगत्तै उहाँलाई उपचारका लागि नेपाल रेडक्रस सोसाइटी दमकस्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो। उपचारकै क्रममा राति १०ः४० बजे चिकित्सकले उहाँलाई मृत घोषणा गरेका हुन्।