

काठमाडौँ, असार २२ गते । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रसाशनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीको समस्या समाधान गर्न सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताउनुभएको छ।
राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै उहाँले सरकारले भूमिहीनलाई जग्गा दिने नीति अनुरूप बर्दियाबाट लालपुर्जा वितरण थालनी गरिसकेको र यसमा बजेटको अभाव नहुने स्पष्ट पार्नुभयो। हालसम्म करिब १२ लाख भूमिहीनको निवेदन परेको र यसका लागि ६१ करोड ३० लाख बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो।
यस्तै, मन्त्री रावलले सेवा प्रवाहलाई डिजिटल रूपान्तरण गर्दै नागरिकमैत्री बनाउने, समस्याग्रस्त सहकारीको रकम फिर्ता कार्यक्रम जारी राख्ने र सङ्घीय निजामती ऐन जारी गरी प्रशासनिक सङ्घीयतालाई प्रभावकारी बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
























