07/02/2026, 16:34:16
बिहिबार, असार १८, २०८३

प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित


काठमाडौँ, असार १८ गते । प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ पारित भएको छ ।

बैठकमा सोसम्बन्धी भएको दफाबार छलफल, सम्बन्धित मन्त्रीको जवाफ र प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत भएपछि बहुमतबाट विधेयक पारित भएको हो ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सदनमा विधेयकमाथि दफाबार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । अध्यादेशलाई प्रतिस्थापन गर्न उक्त विधेयक सदनमा ल्याइएको हो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..