06/18/2026, 21:42:00
बिहिबार, असार ०४, २०८३
विनियोजन विधेयक, २०८३

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ बहुमतले पारित


काठमाडौँ, असार ४ गते । प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ बहुमतले पारित भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राख्नुभएको ‘विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो।

त्यसअघि सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयकका दुईदेखि ११ सम्मका दफालाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो। विभिन्न सांसदहरूले विनियोजन शीर्षकमा राख्नुभएको खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो।

प्रतिनिधिसभाको अर्को बैठक यही असार ५ गते शुक्रबार बिहान ११:०० बजे बस्नेछ।