05/26/2026, 12:24:19
मङ्गलबार, जेठ १२, २०८३

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ, जेठ १२ गते । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन प्रतितोला २ लाख ९२ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।  आज चाँदी तोलामा ९० रुपैयाँले घटेर प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..