05/25/2026, 11:38:37
सोमबार, जेठ ११, २०८३

सुनचाँदीको मूल्यमा वृद्धि


काठमाडौँ, जेठ ११ गते । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज सुन तोलामा एक हजार नौ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 आइतबार सुन प्रतितोला २ लाख ९० हजार ९ सय  रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।  आज चाँदी तोलामा १४० रुपैयाँले बढेर प्रतितोला ५ हजार १५०रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..