05/25/2026, 09:14:43
सोमबार, जेठ ११, २०८३

लुम्बिनी प्रदेशको ‘वार्षिक नीति तथा कार्यक्रम’ आज प्रस्तुत हुने


दाङ, जेठ ११ गते । लुम्बिनी प्रदेश सरकारले सोमबार आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम ल्याउदैछ । प्रदेश सभाको आज दिउँसो १ बजे बस्ने आठौं अधिवेशन अन्तर्गत छैठौं बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सरकारको ‘वार्षिक नीति तथा कार्यक्रम’ प्रदेश सभामा प्रस्तुत गर्नुहुनेछ ।

blog

प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम विकास, सुशासन, उत्पादन, रोजगारी, कृषि, पर्यटन तथा पूर्वाधार विकास लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर ल्याउने तयारी गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार दशरथ घिमिरेले जानकारी दिनुभयो ।

– सन्तोष दहित