

लुम्बिनी, जेठ १० गते । लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन अन्तर्गत पाँचौँ बैठक आज दिउँसो १ः०० बजे बस्ने भएको छ ।
प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा प्रदेशसभा सदस्यहरुले समसामयिक विषयमा आफ्ना धारणा राख्ने कार्यसूची तय गरिएको छ ।
त्यसपछि आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
































