काठमाडौँ, जेठ ७ गते । नायिका केकी अधिकारी अभिनीत चलचित्र ‘काजी’ प्रदर्शनको तयारीमा छ ।
उहाँले राजधानीमा आयोजित एक कार्यक्रममा प्रेम र सम्बन्धको गहिराइ बोकेको चलचित्रलाई लिएर निकै उत्साहित रहेको बताउनुभयो । केकीले ‘काजी’ लाई केवल प्रेमकथा नभई विश्वास, त्याग र सम्बन्धको गहिरो संसारका रूपमा व्याख्या गरिएको धारणा व्यक्त गर्नुभयो । चलचित्र काजी र कजिनीको प्रेमकथा हो ।


उहाँका अनुसार अहिलेको समयमा प्रेमलाई हेर्ने दृष्टिकोण फरक भइसकेको भए पनि ‘काजी’ को संसारमा भने माया र विश्वासले नै सम्बन्ध टिकाइराखेको छ । उहाँले थप्नुभयो, “पात्र ‘कजिनी’ लाई ‘काजी’ ले जति प्रेम गर्छ, त्यति प्रेम कजिनीले सात जुनीसम्म पनि फर्काउन सक्दिनँ भन्ने अनुभूति हुन्छ ।”


चलचित्र आउँदो शुक्रबारबाट देशभर प्रदर्शन हुँदै छ । लक्ष्मण रिजाल निर्देशित चलचित्रमा केकीसँगै विपिन कार्की, गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी लगायतको अभिनय छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



































