काठमाडौं, जेठ ४ गते । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी अहिले ‘गुट भत्काउने र पार्टी बनाउने‘ नीतिमा अघि बढिरहेको बताएका छन् । बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले विशेष महाधिवेशनमा सहभागी नभएकाहरूलाई पनि समेटेर जिम्मेवारी दिइँदै गएको उल्लेख गर्दै त्यसलाई पार्टी एकताको संकेतका रूपमा व्याख्या गरे ।
‘विशेष महाधिवेशनमा सहभागीलाई मात्रै जिम्मेवारी दिइयो भने विभाजनलाई बल पुग्छ,’ उनले भने, ‘तर, विशेष अधिवेशनमा सहभागी नभएकालाई पनि समेटेर क्रमशः जिम्मेवारी दिइँदैछ, थप समेटिनेछ । यो गुट भत्काउने, पार्टी बनाउने बाटो हो ।‘
उपसभापति शर्माले पार्टीभित्र अविश्वास फैलाउने प्रवृत्तिप्रति पनि प्रश्न उठाए । उनले महामन्त्री गगन थापामाथि शंका गर्न सकिए पनि स्थानीय तहका पार्टी नेतृत्वमाथि अविश्वास गर्न नहुने बताए । ‘गगन थापालाई विश्वास नगर्नुस्, ठिक छ,’ उनले भने, ‘तर, आफ्नै वडाको पार्टी सभापतिलाई विश्वास गर्नुस् । क्रियाशील सदस्यता अध्यावधिक गर्ने गगन थापाले होइन, वडा–वडामा त्यही वडाका पार्टी सभापतिले गर्ने हो ।‘
उनले क्रियाशील सदस्यता नवीकरण प्रक्रिया वडा, पालिका र जिल्ला तहकै नेतृत्वमार्फत अघि बढ्ने भएकाले त्यसबारे अनावश्यक आशंका नगर्न आग्रह गरे । ‘अध्यावधिक गर्ने उनै १४औँ महाधिवेशनबाट चयन भएका वडा सभापति हुन् । पालिकामा पनि उनै सभापति छन्, जिल्ला सभापति पनि उनै होइनन् र ?‘ शर्माले संगठनको वैधानिक संरचनामाथि विश्वास गर्नुपर्ने धारणा राखे ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



































