

काठमाडौँ, जेठ ३ गते । काठमाडौँ महानगरपालिका–७ सिफलस्थित बाल व्यवसायी केन्द्र माध्यमिक विद्यालयमा लिफ्ट जडान गरिएको छ । फरक क्षमता भएका विद्यार्थीलाई लक्षित गरेर काठमाडौँ महानगरपालिकाको आर्थिक अनुदानमा लिफ्ट निर्माण गरिएको हो ।
नेपालका सामुदायिक विद्यालयहरूमध्ये लिफ्ट जडान गरिएको यो नै पहिलो भएको विद्यालय प्रशासनले दाबी गरेको छ ।
यस विद्यालयमा श्रवण–दृष्टिविहीन, सुस्त श्रवण, पूर्ण तथा अति अशक्त शारीरिक अपाङ्गता भएका बालबालिका अध्ययनरत छन् । त्यस्तै दृष्टिविहीन, न्यून दृष्टियुक्त, अटिजम, बौद्धिक तथा बहुअपाङ्गता, स्वर बोलाइ र मनोसामाजिक अपाङ्गता भएका विद्यार्थीहरू पनि यहाँ पढ्छन् ।
महानगरपालिकाले सबै प्रकृतिका अपाङ्गता भएका विद्यार्थीहरूलाई विद्यालयका हरेक कक्षा कोठासम्म सहज पहुँच पुर्याउने उद्देश्यले लिफ्ट जडानका लागि अनुदान उपलब्ध गराएको हो । लिफ्ट सञ्चालनमा आएसँगै ह्विलचेयर प्रयोगकर्ता र कडा प्रकृतिको शारीरिक अपाङ्गता भएका विद्यार्थीलाई माथिल्लो तलाका कक्षा–कोठासम्म पुग्न सहज हुने शिक्षकहरुको भनाइ छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





































