काठमाडौँ, वैशाख ३१ गते । चलचित्र ‘काजी’ को ट्रेलर सार्वजनिक गरिएको छ । मङ्गलबार एक कार्यक्रमबिच तीन मिनेट छ सेकेन्ड लामो प्रेमिल ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरले चलचित्रको कथावस्तुबारे सङ्क्षिप्तमा प्रकाश पारेको छ ।


ट्रेलरमा विपिन कार्की ‘काजी’ र केकी अधिकारी ‘कजिनी’ पात्रका रूपमा प्रस्तुत हुनुभएको छ । विवाहपश्चात् एक जोडीको प्रेमलाई सुन्दर ढङ्गले देखाइएको छ । चलचित्रमा विपिन र केकीसहित गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी लगायतको अभिनय छ ।
लक्ष्मण रिजाल निर्देशित चलचित्र आगामी जेठ ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
































