नवलपरासी, वैशाख २९ गते । महेन्द्र राजमार्ग अन्तरगत बुटवल नारायणगढ सडकको दाउन्नेमा ९३ प्रतिसत काम सकिएको छ । दाउन्ने खण्डको १४ किलोमिटर सडकमध्ये कालोपत्र र ढलान समेत गरेर सोमबारसम्म १३ दशमलब ७५ किलोमिटर सडक निर्माणको काम सकिएको हो ।
दाउन्नेको १४ किलोमिटर पहाडी सडक ३ लेनको निर्माण भइरहेको छ । दाउन्ने अन्तरगत पश्चिम खण्डको ११ किलोमिटर सडकमध्ये ३ किलोमिटर कालोपत्र र ७ किलोमिटर बढी सडक तीन लेनको निर्माण भइसकेको छ । त्यसमध्ये ७ सय मिटर सडक तीन लेनको बनाउने काम भइरहेको छ । उक्त क्षेत्र हेर्न इन्जिनियर पशुपति ज्ञवालीका अनुसार जेठ १५ अगावै ३ लेनको सडक निर्माण पूरा हुने छ । पश्चिम खण्डमा एउटा कल्भर्ट निर्माणाधीन अवस्थामा छ ।


पूर्वी खण्डमा ३ किलोमिटर सडक सोमबारसम्म तीन लेनको निर्माण भइसकेको छ । त्यहाँ बिश्वकर्मा मन्दिरनजिक एउटा पुल निर्माणाधीन अवस्थामा छ ।
पूर्वी खण्डमा पर्ने कूल ३ दशमलब ९ सय किलोमिटरमध्ये ३ दशमलब ७ किलोमिटर सडक सम्पन्न भइसकेको छ । दुबै खण्डको काम जेठ १५ भित्र सकेर जेठ मसान्तसम्म दोहोरो यातायात संचालन गर्न मिल्ने बनाउने तयारी छ ।
बुटवल-नारायणगढ सडकको १ सय १४ किलोमिटर क्षेत्रमध्ये मुख्य बजारमा ६ लेन, जंगल क्षेत्रमा ४ लेन र दाउन्नेको १४ किलोमिटर पहाडमा ३ लेनको सडक निर्माण भइरहेको छ ।
– नारायण शर्मा
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











































