काठमाडौँ, वैशाख २७ गते । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकको उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरलाई एकै थलोमा ल्याउने उद्देश्यसहित बिहीबारदेखि भृकुटीमण्डपमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ जारी रहेको छ। सार्क राष्ट्रका उत्पादन तथा सेवाको प्रवर्धन बजार सम्भाव्यता अध्ययन तथा क्रेता–बिक्रेताबिच सहकार्य विस्तार गर्न मेला आयोजना गरिएको हो ।
सोमबारसम्म चल्ने सार्क मुलुकका उत्पादन कपडा तथा तयारी सामग्री, सौन्दर्य प्रशाधनका सामग्री, हस्तकला, सवारीसाधन तथा पार्टपुर्जा, फर्निचर, कृषि उत्पादन, सूचना प्रविधि तथा घरेलु उपकरण लगायत सामग्री राखिएका छन्।
देशभित्र लामो समयदेखि सुस्त रहेको व्यापारिक वातावरणलाई मेलाले पुनः सक्रिय बनाउने माध्यम बनेको मेलाका संयोजक सुमन महर्जनले बताउनुभयो । मेलाको सहआयोजन नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, ललितपुर चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, भक्तपुर चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, चेम्बर अफ इन्डस्ट्रिज मोरङ, ललितपुर चेम्बर अफ कमर्स, नेपाल–चीन कार्यकारी परिषद्, नेपाल कस्मेटिक व्यवसाय सङ्घ तथा विश्व उद्यम सहायता फाउन्डेसन ले गरेका छन् ।
























– सागर बस्नेत
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













































