

काठमाडौं, वैशाख २४ गते । हलमा शुक्रबार ३ नेपालीसहित पाँच फिल्म रिलिज हुँदैछन् । ‘मालती मंगले, लालीबजार र गुरुआमा‘ एकसाथ प्रदर्शनमा आउनेछन् । बलिउडको ‘कृष्णावतरम पार्ट १ ’ र हलिउडको ‘मोर्टल कम्ब्याट पार्ट २’ पनि आउँदैछन् ।
अदालतको आदेशपछि प्रदर्शनको बाटो खुला भएपछि ‘लालीबजार’ शुक्रबारदेखि आउने निश्चित भएको हो । हलहरूले ५ फिल्मलाई विभिन्न सूचक अनुसार शो विभाजन गरेका छन् । जसमा, ‘लालीबजार’ ले १२० शोज, ‘गुरुआमा’ ले ७१ र ‘मालती मंगले’ ले १०३ शोज पाएका छन् ।
विशेषगरि, लालीबजार र मालतीमंगले दर्शकमाझ प्रतीक्षित र स्टारले भरिएका फिल्म हुन् । प्रतिस्पर्धा त हुने नै भयो, शोज विभाजन हेर्दा पनि यी दुई फिल्मलाई अरुभन्दा धेरै छ । स्वस्तिमा खड्का स्टारर ‘लालीबजार’ बादी समुदायकी एक महिलाले छोरीको प्रतिष्ठा र जीविकाको लागि गर्ने संघर्षको कथा भन्छ । ‘मालती मंगले’मा विजय बराल, वर्षा राउतजस्ता लोकप्रिय कलाकार छन् ।
फिल्मको यो बाढीले शुक्रबारदेखि हल चलायमान हुने अपेक्षा गर्न सकिन्छ । अहिले प्रदर्शनरत फिल्म ‘परालको आगो’ले बक्सअफिसमा उत्साहजनक कलेक्सन गरिरहेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




































