अरब देशहरूले सन् १९७३ मा लगाएको इन्धन व्यापार प्रतिबन्धबाट अमेरिकी समाजले बहु झट्का बेहोर्नु परेको थियो ।
योम किप्पुर युद्धमा इजरायललाई साथ दिएको भन्दै इन्धन उत्पादक अरब देशहरूले अमेरिका र केही अन्य देशमाथि जब सन् १९७३ अक्टोबरमा इन्धन व्यापार प्रतिबन्ध लगाए अमेरिकीहरूको गोजी र मानसिकता दुवैमा एकसाथ जोरदार झट्का लाग्यो । यस प्रतिबन्धका कारण उत्पन्न ऊर्जा सङ्कटले जैव इन्धनको मूल्य चार गुणा बढेर तीन डलर हाराहारीबाट करिब १२ डलर पुग्यो, तद्अनुरूप पेट्रोल पम्पमा इन्धन बिक्री गरियो । इन्धनको अभाव, खाद्यान्नको मूल्यवृद्धि तथा महँगीसमेत आकासियो । यी सबै अवस्थालाई मूल्य नियन्त्रण र अन्य सरकारी उपायबाट कम गर्न सकिएन ।
सन् १९७३ मा इजिप्ट र सिरियाको नेतृत्वमा अरब देशहरूको गठबन्धनले अचानक इजरायलमाथि आक्रमण गर्दा योम किप्पुर युद्ध सुरु भएको थियो । यस युद्धमा तत्कालीन सोभियत सङ्घले आफ्ना सहयोगी इजिप्ट र सिरियालाई सैन्य सामग्री आपूर्ति ग¥यो तथा अमेरिकाले इजरायललाई हवाईमार्गद्वारा ठुलो स्तरमा सैन्य सहयोग गरेको थियो ।
अरब पेट्रोलियम एक्सपोर्टिङ कन्ट्रिज (ओपेक) का सदस्य राष्ट्रले त्यतिबेला इजरायलका मुख्य समर्थक अमेरिका र नेदरल्यान्ड्समाथि इन्धन व्यापारमा प्रतिबन्ध लगाएर प्रतिशोध साँधेका थिए । जसका कारण अमेरिकाको अर्थतन्त्रमा ठुलो झट्का लाग्यो ।
सन् १९७० को दशकलाई ‘बेल बटम्स’ र ‘डिस्को’ संस्कृति उदयका रूपमा चिनिन्छ तर यो आर्थिक सङ्घर्ष, सांस्कृतिक परिवर्तन र प्रविधि विकासको युग पनि थियो । यद्यपि सन् १९७४ मार्चमा इन्धनमाथिको व्यापार प्रतिबन्ध हटाइए पनि इन्धनको उच्च मूल्य र ऊर्जा सङ्कटको भय त्यस दशकभरि रह्यो । जसको नतिजा सन् १९७९ को इरानी क्रान्तिसँगै दोस्रो इन्धन सङ्कट विश्वमा देखियो । अमेरिकी वाणिज्यमन्त्री पिटर पिटर्सनले पहिलो ऊर्जा सङ्कटको पूर्वसन्ध्यामा भनेका थिए, “न्यून लागतको ऊर्जाका दिन लगभग सकिए । पोपईसँग सस्तो पालुङो सकिँदै छ ।”
सन् १९७० को दशकको ऊर्जा सङ्कट कस्तो थियो र अमेरिकीले त्यसमा कसरी प्रतिक्रिया जनाए, त्यस बारेमा जानौँ ।


पेट्रोल पम्पमा लाइन
ऊर्जा सङ्कटको सबैभन्दा राम्रो उदाहरण त पेट्रोल पम्पमा लाइन लागेका ती दिक्दार गाडीचालकको हो जो कहिलेकाहीँ त आफ्नो गाडीको ट्याङ्की भर्न घन्टौँ लाइनमा बस्थे । चालकहरू, “माफ गर्नुहोला ! यस लाइनको अन्तिम कार ।” लेखिएको बोर्ड आफ्नो अगाडि देख्दा त्रसित हुन्थे । सन् १९७४ फेब्रुअरीमा नर्सिङकी एक विद्यार्थीले न्युयोर्क टाइम्सलाई यस्तो भनेकी थिइन्, “आफ्नो बिरामी आमालाई भेटेर कलेज फर्कन उनले दिनमा धेरै समय पेट्रोल किन्ने प्रयासमा बिताइन् तर चार लाइनमा बस्दा पनि उनले ‘पहिले नै लाइन बन्द भइसकेको’ जानकारी पाइन् ।” दोस्रो पटक सन् १९७९ मा ऊर्जा सङ्कट आउँदा भर्जिनियाका एक बासिन्दाले त आफ्नो घरको प्राङ्गणमै लगभग १५ हजार लिटर क्षमताको पेट्रोल ट्याङ्की नै बनाए ।
‘इनर्जी क्राइसिज ः निक्सन, फोर्ड, कार्टर एन्ड हार्ड च्वाइसेज इन दी १९७० ज’ का लेखक जय हक्सका भनाइमा पेट्रोल पम्पमा लाग्ने लाइन धेरै लामो हुन सक्थ्यो, त्यो किन पनि भने त्यस समयमा पेट्रोल सुस्तरी सुस्तरी पम्प गरिन्थ्यो । उनले के कुरा पनि उल्लेख गरेका छन् भने ऊर्जा सङ्कट पहिले पेट्रोल पम्पका कामदारले प्रायः ग्राहकको गाडीको सिसा पुछिदिन्थे, गाडीमा तेलको मात्रा हेरिदिन्थे, बोटो देखाइदिन्थे तथा प्रतिलिटर एक डलर लिएर सम्भवतः भलाकुसारी पनि गर्थे । उनी भन्छन्, “त्यस दशकको अन्त्यसँगै, निःसन्देह, यो सबै परिवर्तन भइसकेको थियो ।”
उच्च हिटिङ बिल
ऊर्जा सङ्कटकालमा पेट्रोल सरह ‘हिटिङ आयल’ को मूल्य र उपलब्धतामा समेत ठुलो असर प¥यो, खासगरी चिसो बढी हुने राज्यहरू यसबाट प्रभावित भए । सन् १९७३ अक्टोबर २३ को माने समाचारपत्रमा पूरा एक पृष्ठको विज्ञापनमा भनिएको थियो, “यस हिउँदमा हामीलाई न्यानो राख्न के पर्याप्त मात्रामा तेल छ ?” इन्धनको मूल्यवृद्धि र उपलब्धता कम हुन जाँदा घरधनीहरूले आफ्ना ‘थार्मोस्ट्याट’ लाई कम गर्ने, थप इन्सुलेसन जडान गर्ने काम गरे । कतिपयले त काठका चुलो प्रयोग गर्न थाले, जो धेरै नै लोकप्रिय भयो ।


गति सीमा घटाइयो
ऊर्जा सङ्कट सुरु हुनुपहिले अमेरिकाको केही भागमा गाडीको अधिकतम गति प्रतिघण्टा १२८ किलोमिटरसम्म थियो तर सन् १९७३ नोभेम्बर ७ मा राष्ट्रलाई सम्बोधन गर्दै राष्ट्र«पति रिचर्ड निक्सनले सबै राज्यका गभर्नरलाई राजमार्गमा गाडीको गति सीमा घटाएर प्रतिघण्टा ८० किलोमिटर कायम गर्न आह्वान गरे । यसबाट राष्ट्रमा प्रतिदिन दुई लाख ब्यारेलभन्दा बढी इन्धन बचत गर्न सकिने उनको अनुमान थियो ।
त्यसलगत्तै राष्ट्रपति निक्सनले देशका राजमार्गमा गाडीको अधिकतम गति प्रतिघण्टा ८८ किलोमिटर कायम रहने गरी एक कानुनमा हस्ताक्षर गरे । यस कदमबाट इन्धन बचत त भयो नै गाडी दुर्घटनामा हुने मृत्यु दरसमेत कम भएको थियो । सन् १९९५ मा अमेरिकी कंग्रेसले यस कानुनलाई खारेज ग¥यो र राज्यहरूलाई एक पटक फेरि राजमार्गमा गाडीको अधिकतम गति तोक्न सक्ने स्वअधिकार प्राप्त भयो ।
ऊर्जा सङ्कटकालमा गाडीको अधिकतम गति सीमा घटाउने कार्यका साथसाथै गाडीको इन्धन कार्यकुशलता मानकसमेत बनाइए । रणनीतिक इन्धन भण्डारण र ऊर्जा विभाग स्थापना गरियो । ऊर्जा बचत गर्ने कैयौँ खालका प्रविधि विकास गरिए ।
ट्रककर्मीको हडताल
गाडीको नयाँ गति सीमा, पेट्रोलको उच्च मूल्य र इन्धन अभावबाट दिक्दार केन्ससका एक ३७ वर्षीय ट्रकचालकले सन् १९७३ डिसेम्बर ३ मा आफूले आई–१० को एक भाग अवरुद्ध गर्न लागेको घोषणा रेडियामार्फत गरे । चाँडै नै देशभरि ट्रकचालकको प्रदर्शन सुरु हुन थाल्यो । एक जना ट्रकचालकले त यतिसम्म भने, “कंग्रेसको चेत त्यतिबेला मात्र खुल्ने छ जब उनीहरू ट्वाइलेट पेपर सकिने छ । केही प्रदर्शन हिंसामा परिणत हुन पुगे । हडताल गरिरहेकाहरू प्रदर्शनमा सहभागी नहुने चालकमाथि जाइलाग्न थाले । उनीहरूको ट्रकको पाङ्ग्रा काट्ने, माथिबाट ती ट्रकमाथि ढुङ्गा खसालिदिने र यतिसम्म कि ट्रकमा गोली हानेरसमेत चालकलाई तर्साउन थालिएको थियो ।”
लगभग एक लाख जनाको जागिर खारेजी, कैयौँको मृत्यु र आपूर्ति व्यवस्थामा भयङ्कर अस्तव्यततापछि सन् १९७४ फेब्रुअरीमा धेरै जसो ट्रक सेवा फर्किए । तथापि सन् १९७९ मा ट्रकचालकले फेरि हडताल गरे ।


‘पर्मानेन्ट डेलाइट सेभिङ टाइम’
युद्धका बेला इन्धन बचत उपायका रूपमा सुरुमा प्रयोग गरिएको ‘डेलाइट सेभिङ टाइम’ सन् १९६६ मा मानकीकरण भयो जब कंग्रेसले अप्रिलको अन्तिम आइतबारदेखि अक्टोबरको अन्तिम आइतबारसम्म कार्यान्वयनमा रहने गरी यस व्यवस्थालाई स्थापित ग¥यो । त्यसपछि सन् १९७३ डिसेम्बरमा राष्ट्रपति निक्सनले ‘डेलाइट सेभिङ टाइम’ वर्षभरि लागू हुने गरी नयाँ कानुनमा हस्ताक्षर गरे । उनको मत के थियो भने यस नयाँ कानुनबाट हिउँदमा प्रतिदिन लगभग दुई लाख ३८ हजार लिटर तेल बचत हुने छ ।
तथापि धेरै अमेरिकीलाई यो परिवर्तन मन परेन । विशेष गरी बालबालिका र उनीहरूका अभिभावकलाई यसले समस्या पर्ने देखियो किनभने उनीहरूले अब अँध्यारोमा विद्यालय जानुपर्ने बाध्यता आइलागेको थियो । ‘पर्मानेन्ट डेलाइट सेभिङ टाइम’ सुरु गरिएको १० महिनामै कंग्रेसले यसलाई खारेज गरिदियो र त्यसपछि यो व्यवस्था लागू भएको छैन । अचेल ‘डेलाइट सेभिङ टाइम’ मार्चको दोस्रो आइतबारदेखि नोभेम्बरको पहिलो आइतबारसम्म कार्यान्वयनमा रहेको छ ।
अमेरिकी मोटरगाडी उद्योगमा हानि
सन् १९६० को दशकमा अमेरिकी कारहरू ठुलो आकारका हुन्थे तथा ऊर्जा सङ्कटको पूर्वसन्ध्यासम्म तिनको तौल युरोपेली र जापानी गाडीहरूको भन्दा धेरै बढी हुने गथ्र्यो । जसै तेलको मूल्य बढ्यो पेट्रोल बढी खपत गर्ने ‘भी ८’ इन्जिन भएका ठुला कारको बजार खस्कियो । ऊर्जा सङ्कट सुरु नहुँदै पनि जापानमा बनाएको ड्याट्सन १२०० र जर्मनीमा निर्मित फक्सवागन बिटलले आफ्ना विज्ञापनमा गाडीले बढी माइलेज दिने दाबी गरिरहेका थिए ।
मुख्य गरी ऊर्जा सङ्कटकै कारणले भन्नु पर्छ जापानी कारले अमेरिकी बजारमा राम्रो दखल दिने अवसर प्राप्त गरे । सन् १९७० मा अमेरिकी बजारमा बिक्री हुने कुल कारमा आयातित मोटरगाडीको हिस्सा १५.३ प्रतिशत रहेकोमा त्यसमा वृद्धि भएर सन् १९८० मा २६.७ प्रतिशत पुगेको थियो । सन् १९८९ सम्म त होन्डा अकर्ड अमेरिकामा सर्वाधिक बिक्री हुने यात्रुवाहक कार भयो भने सन् २००२ देखि टोयोटा क्यामरी सबैभन्दा रुचाइएको यात्रुवाहक कार रहेको छ ।


राष्ट्रिय त्याग
ऊर्जा सङ्कटकालमा अमेरिकीहरूले ठुला तेल कम्पनी, मध्यपूर्वका शासक र अमेरिकी सरकारप्रति आफ्नो रिस पोखे । तैपनि जब राष्ट्रपति निक्सनले ऊर्जा प्रयोगमा कटौतीका लागि आह्वान गरे धेरै जसो अमेरिकीले त्यसलाई देशभक्तको कर्तव्यका रूपमा लिएर पालना गर्न थाले । निक्सनले भनेका थिए, “केही त्याग गर्नुपर्ने छ । यसलाई कुनै अमेरिकीलाई वास्तवमा दुःख दिने अर्थमा नबुझियोस् ।”
केही वर्षपछि राष्ट्रपति कार्टरले उनले बनेको एक ‘कार्डिगन स्वेटर’ पहिरेर अमेरिकीलाई प्राकृतिक ग्यास र इन्धन अभाव कम गर्न आफ्नो ‘थर्मोस्ट्याट’ बन्द गर्न आह्वान गरे । उनले भनेका थिए, “यदि हामी सबैले साथ दियौँ र अलिकति त्याग ग¥यौँ, यदि हामीले मितव्ययी जीवन जिउन सिक्यौँ र आफ्ना छिमेकीलाई सहयोग गर्नुको महìव सम्झियौँ भने समस्या समाधान हुने छ ।” अमेरिकी सरकारले द्वितीय विश्वयुद्धपछि पहिलो पटक यसस्तरमा आफ्ना नागरिकबाट त्यागको अपेक्षा गरेको थियो ।
– उमेश ओझाद्वारा हिस्ट्रीबाट अनुवादित र सम्पादित
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



































