

बर्दघाट सुस्ता पश्चिम, वैशाख ९ गते । पश्चिम नवलपरासीको प्रतापपुर-५ भैरमपुरका १२ घर जलेका छन् । त्यसबाट रु. चार करोड बढीको क्षति भएको छ । आगलागी मंगलवार दिउँसो भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरदत्त पन्तका अनुसार सबै घर खरानी भएका छन् । घरमा रहेका जिन्सी र नगदसहित रु. चार करोड ४४ लाख ८० हजार बराबरको क्षति भएको अनुमान गरिएको छ ।
यसैबीच, प्रतापपुर गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीले अग्निपीडितलाई राहत सामग्री वितरण गरेका छन् । प्रतिनिधिसभा सदस्य विक्रम खनालले पनि पीडितहरूलाई राहत सामग्री उपलब्ध गराउन आफू क्रियाशील रहेको बताएका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








































