

काठमाडौँ, वैशाख ८ गते । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद निलम्बनको माग राख्दै पेस भएको रिट निवेदन दरपीठ गरिदिएको छ ।
अधिवक्ता आयुश बडालले मंगलबार पेस गरेको निवदेन दरपीठ गरेकाे सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा मुद्दा विचाराधीन रहेका लामिछानेको सांसद पद निलम्बन हुनुपर्ने र प्रतिनिधिसभाको बैठकमा भाग लिन नपाउने दाबी रिटमा थियो ।
निलम्बन हुनुपर्ने लामिछानेले संसद् बैठकमा भाग लिइरहेकाले अन्तरिम आदेश जारी गरी निलम्बनमा राख्नु भन्ने आदेशको माग रिटमा गरिएको छ । निवेदकले बुधबारको इजलासमा निवेदन दिने तयारी गरेका छन् ।
– दुर्गा दुलाल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










































