04/21/2026, 23:00:22
मङ्गलबार, बैशाख ०८, २०८३

मन्त्रिपरिषद् बैठक : धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि समिति गठन गर्ने


काठमाडौँ, वैशाख ८ गते । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमल्सिनाले जानकारी दिनुभयो ।

भट्टको संयोजकत्वमा रहेको समितिमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य रहनुभएको छ ।