

रानी (विराटनगर), वैशाख १ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै केन्द्रीकृत मानसिकता त्यागेर सहकार्य र सहअस्तित्वमार्फत समृद्धिको यात्रामा अघि बढ्न आग्रह गर्नुभएको छ।
नयाँ वर्षको सन्देशमा मुख्यमन्त्री कार्कीले संविधान जारी भएको एक दशक बितिसक्दा पनि केन्द्रीकृत सोच पूर्ण रूपमा हट्न नसकेको उल्लेख गर्दै संघीय संरचनालाई व्यवहारमा अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले वर्तमान चुनौतीका बिच संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन सबै तहबिच समन्वय अपरिहार्य रहेको बताउनुभयो।
मुख्यमन्त्री कार्कीले लोकप्रियतावादी प्रवृत्तिका कारण प्रदेश सरकारले अघि सारेका सकारात्मक पहलहरू ओझेलमा परेको गुनासो गर्दै सीमित समयमै प्रदेश संरचनाले उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गर्नुभयो। पूर्वाधार विकास, लगानीमैत्री वातावरण निर्माण तथा उद्यमशीलता प्रवर्धनका कार्यक्रमहरूले राष्ट्रिय पुँजी निर्माणमा योगदान पु¥याउने विश्वास समेत व्यक्त गर्नुभयो।
पर्यटन प्रवद्र्धनका प्रयासहरूलाई पनि प्रदेशको आर्थिक विकाससँग जोड्दै उहाँले यी क्षेत्रले दीर्घकालीन समृद्धिको आधार तयार पार्ने उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “सीमित स्रोत र साधनका बाबजुद पनि प्रदेश सरकार नागरिकले देख्ने, सुन्ने र अनुभूति गर्ने गरी काम गर्न प्रतिबद्ध छ।”
– खेमराज सापकोटा
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



































