काठमाडौँ, चैत २२ गते । सिजाङ पानोरमा अन्तर्गत शनिबार तीन चिनियाँ चलचित्र प्रदर्शन भएका छन् । ‘होम अवे होम क्लोज’, ‘लर्नर्स फ्रम द टप अफ द वल्र्ड’ र ‘सनराइज ओभर द प्लेटो’ नामक चलचित्र प्रदर्शन भएका हुन् ।
‘होम अवे होम क्लोज’ ले स्थानीय गोठालाका लागि ‘मोबाइल फोटो स्टुडियो’ नामक जनसेवा पहल सुरु गर्न भौगोलिक जटिलता सामना गर्ने एक युवकको कथा बताउँछ । हङकङका एक गोठाले युवकले फोटो स्टुडियो चलाउन सिजाङको यात्राको समय त्यहाँका बासिन्दासँग भेटघाट गर्दाका कुरालाई आफ्नो चित्रमा उतार्छन् र त्यसलाई छापेर त्यही बासिन्दालाई प्रदान गर्छन् । यसरी नै उनको दैनिक अन्तर्वि्रmयामार्फत त्यहाँका बासिन्दासँग सम्बन्ध अझ प्रगाढ बन्दै जान्छ । चलचित्रलाई गुओ यिफीले निर्देशन गर्नुभएको छ ।
‘लनर्स फ्रम द टप अफ द वल्र्ड’ ले संसारकै सबैभन्दा उचाइमा बसोबास गर्ने बालबालिकाको शिक्षा र सङ्घर्षको कथा देखाउन खोजेको छ । चलचित्रभित्र चीनका हिमाली तथा दुर्गम क्षेत्रका विद्यार्थीको जीवनको कथा समेटिएको छ । विद्यार्थीको जीवन र सङ्घर्षलाई विस्तृत रूपमा देखाउन खोजिएको छ । हिमाली क्षेत्रमा शिक्षा कस्तो चुनौतीपूर्ण छ भन्ने स्पष्ट पार्न काम गरेको उक्त वृत्तचित्रले विद्यार्थीको शैक्षिक मुद्दाको विषय पनि उठान गरेको छ । चलचित्रलाई ज्याक्युस मालाटेरीले निर्देशन गर्नुभएको हो ।
सियाओ सियाओवाईको निर्देशित चलचित्र ‘सनराइज ओभर द प्लेटो’ ले साधारण परिवारको शिक्षा, अर्थतन्त्र र संस्कृतिमा आएको असामान्य परिवर्तनको कथालाई उजागर गर्छ । कथाले तिब्बती पठारको कठोर तर मनमोहक वातावरणलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
