बनेपा, चैत १४ गते । शुक्रबार साँझ परेको वर्षाका कारण पूर्वी तराई र पहाडी जिल्ला जोड्ने बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार रोसी खोलामा पानीको बहाव बढेकाले राजमार्ग सञ्चालन असम्भव भएको हो।
प्रहरीका अनुसार बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा, रोसी गाउँपालिका–७ घुमाउने, रोसी गाउँपालिका–९ विरुवाडाँडा र रोसी गाउँपालिका–११ कालढुङ्गा मा सडक पूर्ण रूपमा अवरुद्ध छ। अवरुद्ध सडक खोल्न सडक डिभिजन भक्तपुर र निर्माण व्यवसायीसँग समन्वय भइरहेको प्रहरीले जानकारी दिएको छ।

सर्वसाधारणलाई बीपी राजमार्ग प्रयोग गर्नुअघि सडकको अवस्था बुझ्न र सतर्क रहन प्रहरीले आग्रह गरेको छ। गत वर्षको असोज महिनामा बाढीले विपी राजमार्ग अन्तर्गत भकुण्डेबेशीदेखि नेपालथोकसम्मको २८ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको थियो।
यसैबिच, वर्षाका कारण रोसी खोलामा आएको बाढीले बगाउँदा राजमार्ग निर्माणमा कार्यरत रोसी गाउँपालिका–७ का कुन्साङ तामाङको मृत्यु भएको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयो।
– केदार तिमल्सिना
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
