04/05/2026, 11:28:36
आइतबार, चैत २२, २०८२

बालेन शाहको नयाँ गीत ‘जय महाकाली’ सार्वजनिक


काठमाडौं, चैत १२ गते । रास्वपाका संसदीय दलका नेता बालेन शाहले नयाँ गीत बजारमा ल्याएका छन् । आफ्नो युट्युब च्यानलबाट उनले ‘जय महाकाली‘ बोलको गीत सार्वजनिक गरेका हुन् ।

उनकै शब्द तथा संगीतमा तयार यो गीतमा उनकै स्वर सुनिन्छ । गीतमा उनले र्‍याप पनि गाएका छन् । ‘जय महाकाली, आयो गर्खाली । विश्व जित्छिन् यसपाली, डराउँदैन यसपाली,’  गीतको स्थायीमा उनले गाएका छन्, ”जय महाकाली, आयो गोर्खाली । हात-हातमा राँको बाली फैलिन्छ यो नेपाली ।

गीतको भिडियोमा उनका चुनावी अभियानका भिडियो क्लिप्सहरू समेटिएका छन् । गीतबाट उनले ‘यो पाली घर-घरमा खुशी पुग्नेछ‘ भन्ने प्रण प्रकट गरेका छन् ।

गीतमा किरण बरालले ‘फ्लुट’ बजाएका छन् । नेपसेकले रेकर्ड गरेको यो गीतको संगीतलाई फोर्सिल/क्रोनिक बिजले निर्माण गरेका हुन् । गीतको भिडियोलाई बिकेश मगरले सम्पादन गरेका हुन् । भिडियो सार्वजनिक गरेको २६ मिनेटमै ७१ हजार बढीले हेरिसकेका छन् ।