काठमाडौँ, पुस ३ गते । शिक्षा मन्त्री महाविर पुनले ‘क्रिसमस डे’का दिन पुस १० मा तय भएको दिक्षान्त समारोहको मिति सार्न अस्वीकार गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयको आगामी दिक्षान्त समारोहको मिति स्थगित गर्न आमूल परिवर्तन रिपब्लिकन पार्टीका अध्यक्ष भरत गिरीले शिक्षा मन्त्री पुनलाई दबाब दिएका थिए ।
क्रिसमसको दिन अर्थात पुस १० गते दिक्षान्त समारोह तय गरिएपछि अध्यक्ष गिरीले क्रिस्चियन समुदायका विद्यार्थीहरूको पर्वमाथि हस्तक्षेप भएको भन्दै कार्यक्रमको मिति सार्न अनुरोध गरेका थिए। तर, मन्त्री पुनले भने यो प्रस्ताव अस्वीकार गरेका छन्।
आमूल परिवर्तन रिपब्लिकन पार्टीका अध्यक्ष तथा चर्चका पास्टरसमेत रहेका भरत गिरीले करिब ५० वटा चर्चहरूको छलफलपछि शिक्षा मन्त्री पुनलाई भेटेर दिक्षान्त समारोह पुस १० गते (क्रिसमस डे) मा परेकाले स्थगित गर्न अनुरोध गरेका थिए।
गिरीले मन्त्री पुनलाई फोन संवादमा भनेका छन्, ‘पुस १० मा क्रिसमस परेको हुँदा पर्व मनाउने लाखौं विद्यार्थी छन् । सिङ्गो समुदाय मारमा परेको छ । त्यसैले उक्त कार्यक्रम स्थगित गरिदिनुस।’
तर, शिक्षा मन्त्री महाविर पुनले भने उक्त प्रस्ताव अस्वीकार गरेका छन्। `दिक्षान्त समारोह पुस १५ मा राख्ने भनिएको थियो तर नोबेल पुरस्कार बिजेता जापानी नागरिक प्रमुख अतिथि हुने र पुस १० बाहेकको अन्य दिन प्रमुख अतिथिको समय नमिल्ने भएपछि यो कार्यक्रम स्थगित गर्न सकिदैन,’ पुनले जवाफ फर्काएका छन् ।
मन्त्री पुनको जवाफपछि अध्यक्ष भरत गिरीले भनेका छन्, ‘एकजना व्यक्तिको लागि लाखौं विद्यार्थीले क्रिसमस मनाउन नपाउने भए नि मन्त्री ज्यु। हाम्रा लाखौं नानिबाबुहरु मर्कामा परे, तपाईं मन्त्री हुदा सम्बोधन हुन्छ भन्ने लागेको छ। यसमा के गर्न सकिन्छ मन्त्री ज्यु?’
जवाफमा शिक्षा मन्त्री पुनले भने , ‘दिक्षान्त समारोह पुस १० मा हुन्छ। तपाईंको समुदायले क्रिसमस माने पनि नमाने पनि त्यहि हो कार्यक्रम स्थगित हुदैन ।’
त्रिभुवन विश्वविद्यालयले पुष १० मा आफ्नो ५१ दिक्षान्त समारोह गर्न लागेको हो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
