काठमाडौँ, कात्तिक १५ : आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी पर्व मनाइँदै छ । सनातन धर्मावलम्बीले आजका दिन तुलसीको विशेष पूजापाठ गरेर हरिबोधिनी एकादशी मनाउँछन्।
हरिसयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरी मनाइने धार्मिक प्रचलन छ। हरिबोधिनीका दिन विष्णु भगवानको पूजा अर्चनासहित तुलसी विवाह गरिदिने चलन छ । हरिबोधिनी एकादशीलाई वर्षभरमा पर्ने चौबिसवटा एकादशीमध्ये सबैभन्दा महत्त्वपूर्ण एकादशीको रुपमा लिइन्छ । यसलाई ठूलो एकादशी पनि भनिन्छ। हरिबोधिनी एकादशीको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा बिहानैदेखि भक्तजनले तोरण टाँगेर पूजापाठ गरेका छन्।
– केशब गुरुङ
What if you could work from Anywhere?
Explore More with something that can change your Life!







प्रतिक्रिया दिनुहोस्