काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय एकता अभियानबीच पार्टी एकता हुने भएको छ ।
शुक्रबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा दुबै पार्टीका शीर्ष नेताहरूबीच छलफल भएको थियो । छलफलपछि आगामी साउन २ गते राष्ट्रिय सभा गृहमा एक कार्यक्रमको आयोजना गरी पार्टी एकता गर्ने सहमति भएको हो ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वामदेव गौतमले हस्ताक्षेर गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष क.माधव कुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष क.वामदेव गौतमसहितका नेताहरुबीच छलफल हुदाँ राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीती र कार्यदिशामा एकरूपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नुपर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै नेकपा एकता राष्ट्रिय अभियान नेकपा (एकीकृत समाजवादी) मा एकतावद्ध हुने सहमति गरियो। साथै २०८२ साउन २ गते राष्ट्रिय सभा गृहमा भव्य समारोहको आयोजना गरी एकताको घोषणा गर्ने सहमति भयो।’
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















प्रतिक्रिया दिनुहोस्