

काठमाडौँ, भदौ २३ गते । प्रधानमन्त्री वालेन्द्र शाहले देशमा सुशासन कायम भई छाड्ने विश्वास व्यक्त गर्नुभएको छ। ‘जेन-जी सहिद दिवस‘ का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको हो।
प्रधानमन्त्री शाहले आफ्नो सन्देशमा भन्नुभएको छ, “प्रिय जेन-जी सुशासन कायम हुने नै छ, सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली।” उहाँले गत वर्ष सुशासन र परिवर्तनका लागि भएको आन्दोलनमा जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूको योगदानको उच्च सम्मान गर्नुभएको छ।
गत वर्ष भदौ २३ गते भएको ऐतिहासिक ‘जेन-जी आन्दोलन‘ र त्यसका सहिदहरूको स्मरणमा सरकारले आज देशभर सार्वजनिक बिदासमेत दिएको थियो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

































