09/08/2026, 10:09:37
मङ्गलबार, भदौ २३, २०८३

आज ‘जेन-जी’ सहिद दिवस: देशभर सार्वजनिक बिदा, आन्दोलनका सहिदहरूको स्मरण


काठमाडौँ, भदौ २३ गते । गत भदौ २३ गते भएको ऐतिहासिक ‘जेन-जी’ आन्दोलनको सम्झनामा आज (मङ्गलबार) देशभर ‘जेन-जी’ सहिद दिवस मनाइँदै छ। राजनीतिक उथलपुथल ल्याएको सोही आन्दोलनका क्रममा ज्यान गुमाएका वीर युवाहरूको सम्झना र सम्मानमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।

उक्त आन्दोलनको परिणामस्वरूप तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो। भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २३ गतेलाई ‘जेन-जी’ सहिद दिवसका रूपमा मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

सहिद दिवसका अवसरमा आज देशभर विभिन्न श्रद्धाञ्जली तथा स्मरण कार्यक्रमहरू आयोजना गरिएका छन्। आन्दोलनले नेपाली राजनीतिमा युवापुस्ताको नेतृत्व र परिवर्तनको ठूलो सन्देश दिएको थियो।