

काठमाडौं, भदौ २३ गते । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवागढी जलविद्युत् आयोजनामा हेडवर्कस्का सम्पूर्ण संरचना, पावरहाउस बाहिर र अन्डरग्राउण्ड पावर हाउसभित्र भएका अधिकांश सामग्रीमा क्षति पुगेको बताउनुभएको छ ।
बाढीका कारण प्रभावित विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा तीव्र गतिमा खोज तथा उद्धार कार्य भइरहेको छ। रसुवागढी जलविद्युत् आयोजनाको हेडवर्कस्, पावरहाउस तथा अन्डरग्राउण्ड संरचनाहरूमा ठूलो क्षति पुगेको छ भने अन्य विभिन्न आयोजनाहरूमा नेपाली सेना, प्रहरी, र सशस्त्र प्रहरी बलका साथै मित्रराष्ट्र चीन र भारतका विशेषज्ञ टोलीहरू निरन्तर खटिरहेका छन्।
उद्धार टोलीले लाङटाङ जलविद्युत् आयोजनाको सुरुङभित्र ग्यास वेल्डिङ गरी प्रवेश गर्दा २ जनाको शव फेला पारेको छ। यस्तै माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्र २०० मिटर प्रवेश गर्दा ठूलो ताल देखिएको छ। सुरुङको मुख पत्ता लगाउन समस्या भएपछि काठमाडौँ–तराई मधेश द्रुतमार्ग आयोजनाबाट विस्फोटक पदार्थ ल्याएर बाटो खुलाउने प्रयास गरिएको छ।
त्रिशूली ३ ‘बी’ आयोजनामा ६ वटा आवासीय र १ कार्यालय भवन बाढीले पुरिएकाले ती संरचना पत्ता लगाउन १५ मिटर गहिराइसम्म उत्खनन भइसकेको छ। टोलीले १.७ किलोमिटर अडिट सुरुङभित्र प्रवेश गरी खोज कार्य जारी राखेको छ। प्रभावित क्षेत्रमा अझै धेरै मानिसहरू सम्पर्कविहीन रहेकाले उपकरणहरू थप गर्दै खोज तथा उद्धार कार्यलाई तदारुकताका साथ अघि बढाइएको छ।
जलविद्युत् आयोजना अनुसार खोज तथा उद्धारको अवस्था:
| जलविद्युत् आयोजना | क्षतिको विवरण / उद्धारको अवस्था |
| रसुवागढी आयोजना | हेडवर्कस्, बाहिरी र अन्डरग्राउण्ड पावरहाउसका अधिकांश सामग्रीमा क्षति। |
| लाङटाङ आयोजना | सुरुङमा ६० मिटरभित्र प्रवेश गरी ग्यास वेल्डिङमार्फत प्वाल पार्दा २ शव फेला। |
| माथिल्लो त्रिशूली–१ | चिनियाँ टोलीसहित २०० मिटरभित्र प्रवेश गर्दा ताल देखिएको, विस्फोटक पदार्थ ल्याई सुरुङ खोलिँदै। |
| चिलिमे आयोजना | भारतीय विशेषज्ञ टोलीसहित सुरुङभित्रको दलदल पन्छाउने र रेकी कार्य सम्पन्न। |
| त्रिशूली ३ ‘बी’ | ६ आवासीय र १ कार्यालय भवन १५ मिटर गहिराइसम्म पुरिएको; १.७ किमी अडिट सुरुङभित्र खोज जारी। |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!































