

काठमाडौँ, भदौ २२ गते । बाढीपहिरोबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले सरकारको दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले उक्त सहयोग रकम बराबरको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेको छ।
उक्त प्रतिनिधिमण्डलमा महामन्त्री पौडेलका साथै कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता देवराज चालिसे तथा रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्य लगायतका नेताहरूको सहभागिता रहेको थियो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




























