09/03/2026, 12:53:32
बिहिबार, भदौ १८, २०८३

भोटेकोशी बाढी: २५ अर्ब ८७ करोडभन्दा बढीको बिमा दाबी, रकम खर्ब पुग्न सक्ने आकलन


काठमाडौँ, भदौ १७ गते । भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजना र पूर्वाधार क्षेत्रमा ठुलो क्षति पुग्दा निर्जीवन बिमा कम्पनीहरूमा परेको प्रारम्भिक दाबी २५ अर्ब ८७ करोड रुपियाँ नाघेको छ।

नेपाल बिमा प्राधिकरणका अनुसार विभिन्न १५ निर्जीवन बिमा कम्पनीहरूमा ५८३ वटा बिमालेखमार्फत कुल २५ अर्ब ८७ करोड ३५ लाख रुपियाँ बराबरको दाबी परेको छ। बाढीका कारण निर्माणधीन र सञ्चालनमा रहेका गरी १२ वटा जलविद्युत् आयोजना ध्वस्त भएका छन् भने करिब ४३१ मेगावाट विद्युत् केन्द्रीय प्रसारण ग्रिडबाट विच्छेद भएको छ।

दाबी रकमका आधारमा सबैभन्दा ठुलो दायित्व दि ओरिएन्टल इन्स्योरेन्स (१३ अर्ब ४ करोड रुपियाँ) र युनाइटेड अजोड इन्स्योरेन्स (४ अर्ब ९७ करोड रुपियाँ) मा परेको छ। बिमालेखको प्रकारका आधारमा इन्जिनियरिङ तथा ठेकेदार जोखिम शीर्षकमा मात्रै २० अर्ब ५० करोड ७७ लाख रुपियाँ भन्दा बढीको दाबी परेको छ। यसबाहेक सम्पत्ति, मोटर, परिवहन र स्वास्थ्य बिमातर्फ पनि ठुलो रकमको दाबी दर्ता भएको छ।

हालसम्मको विवरण प्रारम्भिक मात्रै रहेकाले प्रभावित क्षेत्रमा सडक तथा पहुँच पूर्वाधार सहज भई पूर्ण मूल्याङ्कन भएपछि दाबी रकम खर्ब रुपियाँ नजिक पुग्न सक्ने बिमाविज्ञ डा. रवीन्द्र घिमिरेले बताउनुभयो। यता, नेपाल बिमा प्राधिकरण र बिमक सङ्घका अधिकारीहरूले भने नेपाली बिमा कम्पनीहरू दाबी भुक्तानी गर्न सक्षम रहेको जनाउँदै बाढीका कारण कागजात नष्ट भएका बिमितका लागि न्यूनतम प्रमाणका आधारमा द्रुत भुक्तानी दिने विशेष व्यवस्था मिलाउन लागिएको जानकारी दिएका छन्।

बिमा कम्पनी (Insurance Company)बिमालेख सङ्ख्या (Claims Count)कुल दाबी रकम (Claim Amount)
दि ओरिएन्टल इन्स्योरेन्सरु १३ अर्ब ४ करोड २१ लाख
युनाइटेड अजोड इन्स्योरेन्स३८रु ४ अर्ब ९७ करोड ४८ लाख
सानिमा जिआइसी इन्स्योरेन्स१०२रु २ अर्ब १० करोड २८ लाख
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स६७रु १ अर्ब ८८ करोड ७३ लाख
शिखर इन्स्योरेन्स१२७रु १ अर्ब ८७ करोड ५४ लाख
हिमालयन एभरेस्ट इन्स्योरेन्स४५रु ६४ करोड ७८ लाख
नेको इन्स्योरेन्स६६रु ५१ करोड ७० लाख
सगरमाथा लुम्बिनी इन्स्योरेन्स३२रु २४ करोड २३ लाख
नेपाल इन्स्योरेन्स३२रु २३ करोड ८६ लाख
आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स२६रु १८ करोड ७३ लाख
एनएलजी इन्स्योरेन्स२१रु ११ करोड ३१ लाख
प्रभु इन्स्योरेन्स१४रु ३ करोड १२ लाख
राष्ट्रिय बिमा कम्पनीरु ७६ लाख
नेसनल इन्स्योरेन्सरु ५३ लाख (करिब)
नेपाल माइक्रो इन्स्योरेन्सरु ५ लाख
कुल (Total)५८३रु २५ अर्ब ८७ करोड ३५ लाख