

हेटौँडा, भदौ १० गते । तिब्बतबाट आएको भोटेकोशी नदीको भीषण बाढीका कारण बागमती प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको छ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार बुधबार साँझसम्म रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखा गरी विभिन्न स्थानमा ५५ जनाको शव फेला परेको छ। मृतकमध्ये २२ जना महिला र ३१ जना पुरुष रहेका छन् भने दुई जनाको पहिचान खुल्न बाँकी रहेको छ।
बाढी प्रभावित क्षेत्रहरूबाट हालसम्म ९३ जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि धुन्चे, काठमाडौँ र नुवाकोट पठाइएको छ। उद्धार गरिएकामध्ये सबैभन्दा धेरै नुवाकोट र रसुवाका बासिन्दा रहेका छन्। खोज तथा उद्धारका क्रममा धादिङ र चितवनका विभिन्न स्थानमा मानव अङ्गहरूसमेत फेला परेको प्रहरीले जनाएको छ।


हाल प्रहरी तथा उद्धार टोलीहरू बाढी प्रभावित क्षेत्रमा निरन्तर खटिरहेका छन्। फेला परेका शवहरूको कानूनी प्रक्रिया पूरा गरी मुचुल्का उठाउने, पहिचान खुलाउने र घटनाको पूर्ण विवरण सङ्कलन गर्ने कार्य तीव्र रूपमा भइरहेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

























