सान फ्रान्सिस्को, भदौ ७ गते । अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सेप्टेम्बर ३ मा टेक्सासको अस्टिनस्थित आफ्नो मुख्यालयबाट बहुप्रतीक्षित ‘साइबरक्याब‘ रोबोट्याक्सी सार्वजनिक गर्ने तयारी गरेको छ।


टेस्लाकेन्द्रित मिडिया रिपोर्टहरूका अनुसार स्वायत्त (अटोनोमस) सञ्चालनका लागि मात्र डिजाइन गरिएको यस गाडीमा स्टेयरिङ ह्वील र पेडल राखिएको छैन। यो पूर्ण रूपमा टेस्लाको अत्याधुनिक ‘सेल्फ ड्राइभिङ‘ सफ्टवेयरमा निर्भर रहनेछ।


कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले साइबरक्याब निजी ग्राहकका लागि ३० हजार अमेरिकी डलरभन्दा कम मूल्यमा उपलब्ध गराउने योजना रहेको जानकारी दिनुभएको छ। टेस्लाको स्वायत्त यात्रु सेवा (रोबोट्याक्सी) रणनीतिको मुख्य हिस्सा मानिएको यस मोडललाई मोडल वाई सवारी साधनहरूसँगै व्यावसायिक सेवामा प्रयोग गरिनेछ।


व्यावसायिक रूपमा सर्वसाधारणका लागि रोबोट्याक्सी सेवा सुरु गर्नुअघि टेस्लाले आफ्ना कर्मचारीहरूका माध्यमबाट सार्वजनिक सडकमा यसको सेवा परीक्षण गर्ने योजना बनाएको छ। कृत्रिम बुद्धिमत्ता (एआई) र स्वायत्त प्रविधिमा आधारित यो रोबोट्याक्सी सेवालाई टेस्लाको भविष्यको आम्दानी र प्राविधिक विकासको एउटा महत्त्वपूर्ण कोशेढुङ्गाका रूपमा हेरिएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





































