

काठमाडौँ, भदौ ७ गते । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले उच्च प्राथमिकतामा राखी निर्माण प्रक्रिया अघि बढाएको बताउनुभएको छ।
परामर्श गोष्ठीमा बोल्दै मन्त्री पोखरेलले प्रस्तावित ऐनलाई पारदर्शी, सहभागितामूलक र विद्यार्थीमैत्री बनाउन सातै प्रदेशमा आयोजित ‘शिक्षा संवाद’ का सुझावहरू ऐन तथा नियममा समेटिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले शिक्षामा कुल बजेटको कम्तीमा २० प्रतिशत लगानी हुनुपर्नेमा जोड दिँदै स्थानीय तहहरूले आफ्नो स्रोत परिचालन गरी शिक्षक तथा बालविकास सहजकर्ताको पारिश्रमिक वृद्धि गर्न सक्ने उदाहरण समेत प्रस्तुत गर्नुभयो।
कार्यक्रममा शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले आगामी हिउँदे अधिवेशनअघि नै सबैको सहमतिमा नयाँ विद्यालय शिक्षा ऐन ल्याइने विश्वास व्यक्त गर्नुभयो।
त्यस्तै, सहसचिव शिवकुमार सापकोटा, शिक्षाविद विद्यानाथ कोइराला तथा प्याब्सन र विद्यालय व्यवस्थापन समिति महासङ्घका प्रतिनिधिहरूले प्रविधिमैत्री, शिक्षकको स्थायित्व र विद्यालय संरचनामा स्पष्टतासहितको ऐन ल्याउनुपर्नेमा जोड दिएका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



























