

काठमाडौँ, भदौ ६ गते । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले नगर क्षेत्रभित्र सञ्चालित ९२ संस्थागत (निजी) विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने सम्बन्धमा ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ। कानुनी मापदण्ड पूरा नगरेका र खारेजीको अवस्थामा पुगेका विद्यालयहरूलाई तोकिएको अवधिभित्र आवश्यक कागजातसहित आफ्नो विवरण पेस गर्न निर्देशन दिइएको छ।
शिक्षा विभागका प्रमुख नवराज ढकालका अनुसार शिक्षा ऐन, २०७५ को दफा ३६ बमोजिम ३५ दिनभित्र स्पष्ट र चित्तबुझ्दो जवाफ नआएमा त्यस्ता विद्यालयहरूको अनुमति वा स्वीकृति रद्द गर्ने प्रक्रिया अघि बढाइनेछ। महानगरपालिकाले यसअघि दर्ता भई सञ्चालनमा नरहेका तथा कागजमा मात्र सीमित रहेका संस्थागत विद्यालयहरूको अनुगमन गरी खारेजीको निर्णय गरेको थियो।
महानगरपालिकाले संस्थागत विद्यालयको सञ्चालन, कक्षा तथा विषय थप, नाम, स्थान र स्वामित्व परिवर्तन जस्ता प्रक्रियाहरूलाई प्रचलित कानुन र निर्धारित मापदण्ड अनुसार थप व्यवस्थित र कडाइका साथ नियमन गर्दै आएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




























