

काठमाडौँ, भदौ ६ गते । सरकारले विद्यालय कर्मचारीहरूको पारिश्रमिकमा प्रतिमहिना पाँच हजार रुपैयाँ वृद्धि गर्ने निर्णय गरेपछि नेपाल विद्यालय कर्मचारी परिषद्ले आफ्ना पूर्वघोषित आन्दोलनका कार्यक्रमहरू स्थगन गरेको छ। परिषद्का अध्यक्ष गङ्गाराम तिवारी र महासचिव शान्तिनाथ योगीले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारको यस निर्णयको स्वागत गर्नुभएको छ।
नयाँ निर्णय अनुसार प्रारम्भिक बालविकास (ECD) सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीले पाउँदै आएको पारिश्रमिक अनुदान बढेको छ। जस अनुसार इसिडी सहजकर्ताको पारिश्रमिक १२ हजारबाट १७ हजार, विद्यालय सहयोगीको १० हजारबाट १५ हजार र लेखा हेर्ने कर्मचारीको पारिश्रमिक १५ हजारबाट बढेर २० हजार रुपैयाँ पुगेको छ।


पारिश्रमिक वृद्धिको निर्णयलाई सकारात्मक रूपमा लिँदै परिषद्ले बाँकी पेसागत मागहरूतर्फ पनि ध्यानाकर्षण गराएको छ। विद्यालय कर्मचारीहरूको सेवा–सुविधा, वृत्ति विकास, पेसागत तथा सामाजिक सुरक्षा, आवश्यक दरबन्दी र स्थायी व्यवस्थापन जस्ता दीर्घकालीन मागहरूलाई पनि यथाशीघ्र सम्बोधन गर्न परिषद्ले सरकारसँग जोडदार माग गरेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!































