

काठमाडौँ, भदौ ६ गते । तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधप्रति गृहमन्त्री सुधन गुरुङले गहरा दुःख व्यक्त गर्नुभएको छ। उहाँले सामाजिक सञ्जालमार्फत घटनामा संलग्न दोषीलाई कानुनले तोकेको अधिकतम न्याय सुनिश्चित गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ।
गृहमन्त्री गुरुङले सरकारको लक्ष्य केवल एउटा घटनामा दोषीलाई सजाय दिलाउनुमा मात्र सीमित नरहेको बताउनुभएको छ। विगतका कमजोरीबाट पाठ सिक्दै हाम्रा छोरीहरू डराएर नभई पूर्ण रूपमा सुरक्षित भएर बाँच्न सक्ने वातावरण निर्माण गर्न सरकारले अनुसन्धान प्रक्रिया तीव्र पारिसकेको उहाँको भनाइ छ।
घटनामा संलग्न आरोपितलाई तत्काल पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ। प्रारम्भिक चरणमा प्रहरीबाट लापरवाही भएको विषयमा प्रश्न उठेपछि सम्बन्धित प्रहरी अधिकारीमाथि समेत छानबिन र कारबाहीको प्रक्रिया अघि बढाइएको गृहमन्त्रीले जानकारी गराउनुभएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






























