काठमाडौँ, भदौ ३ गते । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल सरकारका मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने मुख्य-मुख्य काम तथा लक्ष्य हासिल गर्नका लागि कार्यसम्पादन सम्झौता गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक कार्यक्रमबिच प्रधानमन्त्री शाह र मन्त्रीहरूले सम्झौता पत्रमा हस्ताक्षर गरी प्रति आदानप्रदान गर्नुभयो।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार सुशासन, सामाजिक न्याय र समृद्धिका प्राथमिकता प्राप्त क्षेत्रहरूलाई केन्द्रमा राखेर यो कार्यसम्पादन सम्झौता गरिएको हो।
सम्झौता गर्ने मन्त्री तथा अधिकारीहरू:
अर्थमन्त्री: डा. स्वर्णिम वाग्ले
परराष्ट्रमन्त्री: शिशिर खनाल
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री: विराज भक्त श्रेष्ठ
गृहमन्त्री: सुधन गुरुङ
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री: सोविता गौतम
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री: महावीर पुन
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री: सीता बादी
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री: प्रतिभा रावल
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री: निशा मेहता
शिक्षा तथा खेलकुदमन्त्री: सस्मित पोखरेल
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री: खडक राज पौडेल
सूचना तथा सञ्चारमन्त्री: डा. विक्रम तिमिल्सिना
कृषि, वन तथा पर्यावरणमन्त्री: गीता चौधरी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री: गौरी कुमारी
यसका साथै, नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि आजै प्रधानमन्त्री शाहसमक्ष कार्यसम्पादन सम्झौता गर्नुभएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

























