

इस्लामाबाद, भदौ ३ गते । पाकिस्तान सरकारले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानलाई स्वास्थ्य परीक्षणका लागि निजी अस्पतालमा सार्न सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध पुनरावलोकन निवेदन दायर गर्ने निर्णय गरेको छ। कानूनमन्त्री आजम नजीर तरारका अनुसार सरकारी अस्पतालले उपचार दिन नसक्ने प्रमाण नभएसम्म कैदीलाई निजी अस्पतालमा नसकिने अडान सरकारको छ।
सर्वोच्च अदालतले ७३ वर्षीय खानलाई राजधानी इस्लामाबादस्थित शिफा इन्टरनेसनल अस्पतालमा सार्न, परिवार तथा चिकित्सकसँग भेटघाट गर्न र फोन सम्वादको अनुमति दिएको थियो। साथै अदालतले यस विषयलाई राजनीतिक लाभका लागि प्रयोग नगर्न चेतावनी दिँदै अर्को सुनुवाइ सेप्टेम्बर १६ का लागि तय गरेको छ।
सन् २०१८ देखि २०२२ सम्म प्रधानमन्त्री रहेका खान र उहाँकी पत्नी बुशरा बीबी १७ वर्षको जेल सजायका क्रममा हिरासतमा हुनुहुन्छ। खानको परिवार र कानूनी टोलीका अनुसार अघिल्लो उपचारका क्रममा उहाँले दाहिने आँखाको अधिकांश दृष्टि गुमाउनुभएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

























