काठमाडौँ, साउन ११ गते । साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मन्दिरमा भक्तजनको दर्शन र पूजा-आजालाई सहज तथा व्यवस्थित बनाइएको छ। पहिलो सोमबारका कमी-कमजोरी सुधार गर्दै अस्थायी आकाशे पुल, जुत्ता-चप्पल राख्ने ठाउँ र कार्पेटको प्रबन्ध गरिएकाले श्रद्धालुले करिब आधा घण्टामै दर्शन गर्न पाएका छन्।
पशुपति क्षेत्र विकास कोषका अनुसार बिहान ३:०० बजेदेखि नै मन्दिरका चारै ढोका खुला गरिएका छन्। दर्शनार्थीको सुरक्षा र सहजीकरणका लागि सुरक्षा निकाय र विभिन्न धार्मिक-सामाजिक संस्थाका स्वयंसेवकहरू परिचालित छन्। साथै, निःशुल्क स्वास्थ्य शिविर, खानेपानी वितरण र पशुपति क्षेत्रको स्वच्छता कायम राख्न सरसफाइ अभियान समेत चलाइएको छ।


सौरमास अनुसार आज दोस्रो सोमबार परे पनि चान्द्रमास र बृहस्पति अस्तका कारण अघिल्ला वर्षहरूको तुलनामा भक्तजनको सङ्ख्या केही कम देखिएको छ। मन्दिरका ढोका राति ८:०० बजेसम्म खुला रहने कोषले जनाएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!























