

काठमाडौँ, साउन ७ गते । उच्च अदालत पाटनले पशुपति गौशाला धर्मशालाको सम्पूर्ण स्वामित्व पशुपति क्षेत्र विकास कोषकै हुने फैसला गरेको छ।
न्यायाधीशद्वय खड्कबहादुर केसी र रमेशप्रसाद ज्ञवालीको संयुक्त इजलासले काठमाडौँ जिल्ला अदालतको फैसलालाई सदर गर्दै धर्मशाला कोषको स्वामित्वमा रहने ठहर गरेको हो।
झन्डै २३ वर्षदेखि मारवाडी सेवा समितिको नियन्त्रणमा रहेको सो जग्गामा समितिको मोहियानी हक नलाग्ने अदालतले जनाएको छ। २०६० सालको सम्झौताविपरीत समितिले कोषको स्वीकृतिबिना व्यावसायिक रूपमा होटेल, अस्पताल र अनधिकृत संरचना निर्माण गरी अनुचित लाभ लिएको फैसलामा उल्लेख छ।
फैसलाको पूर्णपाठ प्राप्त हुनासाथ अदालतको निर्णय पालना र कार्यान्वयनको प्रक्रिया अघि बढाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल र कोषका सदस्यसचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


























