07/21/2026, 08:20:04
मङ्गलबार, साउन ०५, २०८३

पार्टीको निर्देशन नआएसम्म एमाले मन्त्रीहरूले तत्काल राजीनामा नदिने


हेटौंडा, साउन ४ गते । बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का मन्त्रीहरूले तत्काल राजीनामा नदिने भएका छन्।

सोमबार काठमाडौँमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले पार्टी केन्द्रीय नेतृत्वको स्पष्ट निर्देशन नआएसम्म सरकारबाट नबाहिरिने निर्णय गरेको हो। यसअघि सञ्चारमाध्यममा आएका सामूहिक राजीनामाका समाचारहरू केवल हल्ला मात्र भएको विना विभागीय मन्त्री किरण थापाले स्पष्ट पारेका छन्।

संसदीय दलका नेता जगन्नाथ थपलियाका अनुसार बदलिँदो राष्ट्रिय राजनीतिक परिस्थिति, केन्द्रको निर्देशन र अन्य दलहरूसँगको संवादपछि मात्रै सरकारमा रहने वा बाहिरिनेबारे अन्तिम निर्णय हुनेछ।

हाल बागमती प्रदेशमा एमालेका तर्फबाट ३ विभागीय र ३ विना विभागीय गरी ६ जना मन्त्रीहरू सरकारमा रहेका छन्।