

मकवानपुर, साउन २ गते । बागमती प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरिने भएको छ। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई तत्काल पदबाट राजीनामा दिन निर्देशन दिनुभएको छ।
अन्य प्रदेशमा जस्तै सत्ता साझेदार दल नेपाली कांग्रेस र एमालेबीच गठबन्धनमा विवाद उत्पन्न भएपछि सरकारबाट बाहिरिने निर्णयमा पुगेको एमालेले जनाएको छ।
बागमती प्रदेश सरकारमा एमालेका ३ बिना विभागीयसहित ६ जना मन्त्री सहभागी छन्। मन्त्रीहरूको राजीनामा बुझाएपछि आगामी रणनीति तय गरिने नेता थपलियाले जानकारी दिनुभयो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



























