

काठमाडौँ, असार २८ गते । टिकटकले प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने प्रतिबद्धतालाई निरन्तरता दिँदै सन् २०२६ को पहिलो त्रैमासिक (जनवरी–मार्च) को ‘कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट‘ सार्वजनिक गरेको छ।
उक्त प्रतिवेदनमा जनवरीदेखि मार्च २०२६ सम्म टिकटकले आफ्ना कम्युनिटी गाइडलाइन्स (समुदाय निर्देशिका) उल्लंघन गर्ने कन्टेन्टलाई पहिचान गरी हटाउन अपनाएका सक्रिय कदमको विवरण समेटिएको छ। यसले विश्वभरका प्रयोगकर्ताका लागि सकारात्मक र सुरक्षित अनुभव सुनिश्चित गर्ने उद्देश्य राखेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नेपालबाट मात्रै १९ लाख ६१ हजार भिडियो हटाइए
प्रतिवेदनका अनुसार सन् २०२६ को पहिलो त्रैमासिकमा नेपालमा मात्रै कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने १९ लाख ६१ हजार ६ सय ९८ वटा भिडियो हटाइएको छ। टिकटकले आफ्ना नीतिहरूको उल्लंघन गर्ने अकाउन्ट र भिडियोहरूलाई थप निगरानीमा राख्दै आएको र प्रविधिको प्रयोग गरी स्वचालित रूपमा एवं प्रयोगकर्ताको रिपोर्टका आधारमा यस्ता सामग्रीहरू हटाउने गरेको जनाएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




























