काठमाडौँ, असार ४ गते । सन् २००६ मा किशोर उमेरमा हुँदा लियोनेल मेसीले जर्मनीमा पहिलो विश्वकप खेल्नुभएको थियो । १८ वर्षको उमेरमा मेसीले सर्बिया मोन्टेनेग्रोबिच खेलेर विश्वकपमा पदार्पण गर्नुभएको हो । उहाँले सो खेलमा गोल पनि गर्नुभयो ।
२० वर्षपछि मेसीले विश्वकपको सबभन्दा ठुलो फुटबल मञ्चमा पहिलो ह्याट्रिक गर्नुभएको छ, जुन यस विश्वकपको पहिलो ह्याट्रिक पनि भएको छ । मेसीको खेल जीवनको भने यो ६१ औँ ह्याट्रिक हो । अर्जेन्टिनाको जर्सीमा मात्र उहाँले ११ ह्याट्रिक गर्नुभएको छ ।
यस विश्वकपअघि मेसीको फर्मलाई लिएर सबै चिन्तामा थिए । अझ विश्वकपअघि मांसपेशीमा खिचावको चोट बेहोरेपछि मात्र होइन, ढल्किँदो उमेरका कारण पनि यस विश्वकपमा मेसीले पहिले जस्तो खेल देखाउँछ भन्नेमा धेरै विश्वस्त थिएनन् । यी सबैलाई जवाफ दिँदै मेसीले अल्जेरियाविरुद्धको खेलमा एकल प्रदर्शन नै देखाउनुभयो ।
“पहिलो गोलपछि मेरो आँखामा आँसु थियो किनभने यसअघि म केही कठिन समयबाट गुज्रिरहेको थिएँ । यद्यपि यो फुटबलसँग सम्बन्धित छैन । त्यसैले गोलपछि म भावुक बनेँ । मलाई सहयोग गरेकोमा म मेरा साथी, खेलाडी, कोचिङ स्टाफ र सम्पूर्ण टिमलाई धन्यवाद दिन चाहन्छु । यो मेरो छैटौँ विश्वकप हो । मलाई लाग्छ म अहिले पनि उत्कृष्ट फुटबल खेल्न सक्छु । म भाग्यमानी पनि छु, मेरो प्रदर्शन राम्रो भइरहेको छ र आज मैले आफ्नो देशलाई एउटा कठिन जित दिलाउन सफल भएँ ।” – लियोनेल मेसी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


















