काठमाडौँ, जेठ २१ गते । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले बारा जिल्ला सभापति राजेशराय यादवलाई सभापति पदमा रही कामकाज गर्न नपाउने गरी निलम्वन गरेको छ ।
समितिका सचिव दिनेश थापा मगरका अनुसार २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई निर्वाचनमा हराउन लागेको भनी यादवसहित विभिन्न व्यक्तिविरुद्ध उजुरी प्राप्त भएको थियो ।
२०८३ वैशाख ३० गते अनुशासन उल्लङ्घनको कसुरमा पाँच दिने स्पष्टीकरण सोधिएकोमा यादवले समयावधिभित्र स्वष्टिकरण नबुझाएको र २०८३ जेठ १२ गते पुनः तीन दिने स्पष्टीकरण माग गरिएकोमा कुनै जवाफ प्राप्त नभएको उहाँको भनाइ छ ।
नेपाली कांग्रेसको विधान बमोजिम अनुशासन उल्लङ्घन गरेको कसुरमा अन्तिम निर्णय नहुन्जेलसम्मका लागि यादलाई निलम्वन गर्ने निर्णय भएको छ । यसैगरी, बारा जिल्ला कार्य समितिका उपसभापति अमिरीलाल राउत (पाल) ले भने २०८३ जेठ १० गते स्पष्टीकरण पेस गरेको भन्दै निजमाथि लगाइएको आरोपबाट सफाइ पाउने ठहर भएको छ ।
सर्लाही जिल्ला प्रतिनिधिसभा क्षेत्र नं. २ को १ प्रदेशसभा सदस्य सकुन्ती देवी महरा र सर्लाहीका प्रतिनिधिसभा क्षेत्र नं. २ को १ प्रदेशसभा सदस्य जङ्गीलाल रायविरुद्ध पनि उजुरी परेकोमा उहाँहरूले निजमाथि लागेको आरोप निराधानर, असत्य, कपोकल्पित भएको तथा पार्टी विरुद्धको गतिविधिमा सङ्लग्न नरहेको स्पष्टीकरण पेस गरेको हुँदा दत्तचित्तका साथ पदीय जिम्मेवारी अनुरूप कार्य गर्न निर्देशन दिएको उहाँको भनाइ छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









































