

काठमाडौं, जेठ ८ गते । नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले सुदूरपश्चिम प्रदेशमा गर्ने भनिएको अन्तरक्रिया स्थगित भएको छ ।
कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरिने भनिएको सदस्यता अद्यावधिक सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम अर्को सूचना नहुञ्जेलसम्मका लागि स्थगित गरिएको केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
संस्थापन इतर समूहले सदस्यता अद्यावधिक नगर्ने अडान लिइरहेका बेला महामन्त्री प्रदीप पौडेल संयोजकत्वको समितिले यसअघि ११ जेठमा अन्तरक्रियात्मक कार्यक्रम गरिने बताइएको थियो ।


What if you could work from Anywhere?
Explore More with something that can change your Life!

































