05/22/2026, 12:06:10
शुक्रबार, जेठ ०८, २०८३

सुनको मूल्य घट्दा चाँदी बढ्यो


काठमाडौँ, जेठ ८ गते । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँले घटेर २ लाख ९३ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार भने सुन प्रतितोला २ लाख ९३ हजार ८ रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर ५ हजार ११५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ५ हजार ५०  रुपैयाँमा कारोबार भएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..