08/30/2026, 04:41:36
शनिबार, भदौ १३, २०८३

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो


काठमाडौँ, जेठ ४ गते । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। आज सुन तोलामा आठ सय रुपैयाँले बढेर दुई लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार भने सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर पाँच हजार ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी पाँच हजार ६० रुपैयाँमा कारोबार भएको थियो।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..