05/17/2026, 12:45:27
आइतबार, जेठ ०३, २०८३

प्रतितोला ४ हजार ५ सय रुपैयाँले घट्यो सुनको भाउ


काठमाडौँ, जेठ ३ गते । नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको पछिल्लो विवरणअनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घटेको हो।
मूल्य घटेसँगै आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ निर्धारण गरिएको छ। यसअघि गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ रहेको थियो।

त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ६० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो कारोबारको तुलनामा ३ हजार ८ सय ५५ रुपैयाँले कम हो।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट देखिएको महासंघले जनाएको छ। आज चाँदीको मूल्य प्रतितोला ३ सय ३० रुपैयाँले घटेर ५ हजार ६० रुपैयाँमा झरेको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला ५ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३ सय ३८ रुपैयाँ तोकिएको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा महासंघले नेपाली बजारमा दैनिक मूल्य निर्धारण गर्दै आएको छ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..